आजबाट ‘१२ गाउँ’को सुटिङ सुरु

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने फिल्म ‘१२ गाउँ’को शुभमुहर्त गरिएको छ। सोमबार ललितपुरको हात्तीबन बाट निर्माण टिमले यो फिल्मको शुभमुहर्त गरेसङै छायांकन सुरु गरेको हो । 

यो फिल्मको मुख्य कलाकार समीर भट्ट,  न्यान्सी खड्का र सनिशा भट्टराईले क्यामेरामा पूजा गर्दै फिल्मको पहिलो द्रिश्यको सुटिङ गरेको निर्माणपक्षले जनाएको छ । 

एक्सन–थ्रीलर जनरामा निर्माण गरिने यो फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ। महेश पौडेलको छायांकन रहेको यो फिल्मको ललितपुर, वीरगञ्ज, हेटौंडा लगायतका थलोमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ। त्यस्तै, दोश्रो चराणको छायांकन भारतको विभिन्न स्थानमा गरिनेछ। 

४५ दिनसम्म विभिन्न स्थानमा छायांकन हुने यो फिल्ममा साउथ र भोजपुरी फिल्ममा काम गरिसकेका अभिनेता कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय रहनेछ । 

मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा  डेब्यु गर्दैछिन् । फिल्ममा उनको जोडी निर्देशक विराज भट्ट स्वंयम हुनेछन् । 

त्यस्तै, यो फिल्ममा विराजका छोरा समीरको मुख्य भूमिका रहनेछ। उनले पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कासँग जोडी बाध्नेछन् । न्यान्सीको पनि यो पहिलो डेब्यु फिल्म हो ।