सिड्नीमा महजोडीको ‘महजात्रा’

आगामी २ जुनमा अस्ट्रेलियाको सिड्नीमा महजोडी अर्थात कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रस्तुति दिने भएका छन् । लगभग १० वर्षको अन्तरालपछि महजोडीले अस्ट्रेलियाको सिड्नीमा प्रस्तुति दिन लागेका हुन् । 

सिड्नीको स्टेट थिएटरमा हुने कार्यक्रममा महजोडीसङै गायिका कुन्ती मोक्तान, कलाकारहरु नरेन्द्र कंसाकार र किरण केसी ‘रातामकै’ले पनि प्रस्तुति दिने भएका छन् । 

इभेन्ट कम्पनी ड्रिम हाइट्सले व्यवस्थापन गर्ने यो कार्यक्रमलाई मार्कक्यू होम्स र एभरेस्ट ट्राभलमले आयोजना गर्न लागेको हो ।  ‘राम्रा कलाकार र स्तरीय कार्यक्रम गर्नु हाम्रो उद्देश्य भएकोले महजात्रा गर्न लागेका हौ ।’ एभरेस्ट ट्राभलका कार्यकारी प्रमुख इर्साद अहमदले भने ।