गरिमा र विमलको ‘रिटिङ रिटिङ’मा रोमान्स

गरिमा शर्मा र विमल अधिकारीको अभिनय रहेको गीत ‘रिटिङ रिटिङ’ सार्वजनिक भएको छ । गीतकार चिन्तामणि सिवाकोटीको शब्द, दीपक लिम्बु र वेनिशा पौडेलको युगल स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको एरेन्ज छ । 

नेपाली ग्रामीण जनजीवनको जीवन्त कथावस्तु समेटिएको यो गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियो काजिस श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विनोद वामको सम्पादन छ । 

 

https://youtu.be/CKcc6Z9CKR0?t=4