प्रियंका कार्कीको ‘कालोकालो कपालमा खैरो कलर’

नायिका प्रियंका कार्की अभिनीत रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई मिलन नेवारले सघाएकी छन् । 

सार्वजनिक गीतमा नायिका प्रियंका कार्की र भिडियो निर्देशक गम्भीर विष्ट फिचर्ड छन् ।  त्यस्तै, यो गीतको निर्देशन समेत विष्टले नै गरेका हुन् । 

नायिका प्रियंकाको यो गीतको भिडियोसङै आरजे इन्टरटेन्मेन्टको औपचारिक युट्युब च्यानलको पनि सुरुवात गरिएको हो । ‘रमाइलोको साथी’ नारा सहित सुरु भएको आरजे इन्टरटेन्मेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका विभिन्न खुराक पस्कने उद्देश्यले ल्याइएको सञ्चालन राजु केसीले जानकारी दिए ।

आरजे इन्टरटेन्मेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अँध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि सुरुवातको कोसेली स्वरूप सार्वजनिक गरेको छ । 


आरजेले यो वर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ ।

 https://youtu.be/TOHD2uZSvX4