‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले किन्यो

फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले किनेको छ । कान्स फिल्म मार्केटमा एप्पलले यो फिल्म किन्ने संझौता गरेको हो । 

पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणको कथामा यो फिल्म बनेको छ । अब, फिल्मलाई विश्व बजारमा एप्पलले रिलिज गर्नेछ । 

यो फिल्मको शीर्ष पात्रका लागि अहिले विश्वव्यापी रुपमा अडिसन चलिरहेको छ । फिल्मको निर्देशन जेनिफर पिडमले गर्ने तयारी गरेकी छिन् । 

यो फिल्ममा हलिउड फिल्म ‘लायन’ लेखिसकेका लेखक ल्युक डेभिसको पटकथा रहनेछ । फिल्मको कार्यकारी निर्माता तेन्जिङका छोरा नोर्बु हुन् ।

फिल्मको छायांकन आउँदो बर्षबाट सुरु हुने निर्माणपक्षले जनाएको छ ।