चुनौतीलाई सामाना गर्दै अघि बढिरहेकी आँचल

नायिका आँचल शर्माले थुप्रै चुनौतीलाई सामाना गर्दै अगाडि बढिरहेकी छिन् । अझ, बिहे गरेपछि आँचलमा आएको परिवर्तनलाई धेरैले विभिन्न कोणबाट टिप्पणी गर्ने गर्दछन् । तर, आँचल पनि निरन्तर रुपमा काम गरिरहेकी छिन् । 

आँचलको हातमा फिल्मको लाइनअप लामो छ । उनी, एकपछि अर्को फिल्मको सेड्यूलमा व्यस्त छिन् । हाल फिल्म ‘बर एण्ड बधु’को छायांकनमा व्यस्त आँचल यसपछि ‘पिताम्बर’ फिल्मको काममा जोडिने तयारीमा छिन् । उनका अनुसार, जेठमा उनले अर्को एक ठूलो फिल्म पनि साइन गर्ने संभावना छ ।

तर, आँचलले यो बारेमा केही पनि खुलाएकी छैनन् । उनको हातमा ‘दुखी आत्मा’को काम पनि छ । हालै मात्र उनले फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन पनि सकेकी छिन् । 

आँचल आफूले चुनौतिहरुलाई सामना गर्दै त्यसलाई उठाइरहेको बताउँछिन् । चुनौतीलाई सामाना गर्दै अगाडि बढिरहेकी आँचलको करिअरले पनि लय समातेको छ । मेकरहरुले उनीमाथि राम्रै लगानी पनि गरिरहेकी छिन् । 

आँचल आफ्नो हरेक प्रोजेक्टलाई लिएर आफू उत्साहित रहेको बताउँछिन् । उनले मेरो फिल्मसँग भनिन्–‘मैले काम गरिरहेका हरेक प्रोजेक्टको कथा, मेकिङको शैली सुन्दा म उत्साहित छु ।’

आँचल अभिनित फिल्म ‘डिग्री माइला’ वैशाखमा रिलिज भएको थियो ।