‘मोदीबेनी’ साउन १८ बाट रिलिजमा आउने

फिल्म ‘मोदीबृेनी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म अब साउनको १८ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । फिल्मका निर्माता दिलीप केसीले वितरकसँग बसेर फिल्मको प्रदर्शन मिति तय गरेको बताए । 

यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने यसका निर्देशक शंकर कोइरालाले जानकारी दिए । यो फिल्ममा नव–कलाकार अमर प्रताप श्रेष्ठ र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ । 

यही फिल्मबाट १२ बर्ष नायिका रेजिना उप्रेतीले पनि कमब्याक गर्दैछिन् । फिल्ममा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतका कलाकारको अभिनय छ । 

डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा आनन्द विक्रमको लेखन, हरि श्रेष्ठको सह–निर्माण, उत्सव दाहालको डीओपी, भरत रेग्मीको सम्पादन छ । 

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मको पोस्टर रोयल भीमसेनले तयार पारेका हुन् ।