‘जुगिना’मा अरुणको यस्तो लुक्स, सुरक्षासँग रोमान्स
फिल्म ‘महापुरुष’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका नायक अरुण क्षेत्रीले नयाँ फिल्म ‘जुगिना’मा काम गरेका छन् । यो फिल्मको ८० प्रतिशत छायांकन खप्तड र बझाङमा गरिएको छ ।
करिब एक महिना लगाएर निर्माणपक्षले फिल्मको छायांकन गरेको हो । बाँकी २० प्रतिशत छायांकन भने काठमाडौंमा हुने बताइएको छ ।
फिल्ममा अरुणसँगै नायिका सुरक्षा पन्त र नायक कर्मा पनि छन् । उनीहरुको भूमिकाबारे भने केही पनि खुलाइएको छैन । फिल्म ‘जुगिना’लाई प्रवीण रोकायाले निर्देशन गरिरहेका छन् ।
यो फिल्मले ट्राभल, रोमान्स र एडभेन्चरको कथा भन्छ । फिल्मको कथावस्तु र आफ्नो भूमिकालाई लिएर अरुण उत्साहित देखिएका छन् । सामाजिक संजालमा उनले लुक्स सार्वजनिक गरेपछि राम्रो प्रतिक्रिया पनि पाइरहेका छन् ।
अरुणले फिल्म ‘प्रेमा’मा मुख्य नायकको रुपमा काम गरिसकेका छन् । उनले, फिल्म ‘महाजात्रा’को एक गीतमा पनि नृत्य गरेका थिए ।
प्रतिक्रिया