‘हात्तीछाप’ चलेन, अब ‘जन्ते बाख्रो’मा सहकार्य गर्दैछन् प्रदिप र सिमोस
गतबर्ष निर्देशक सिमोस सुनुवार र लेखक प्रदीप भारद्वाजले फिल्म ‘हात्तीछाप’मा सहकार्य गरे । तर, सिमोसको निर्देशन र प्रदीपको लेखनले खराब प्रतिक्रिया पायो । फिल्मले बक्स अफिसमा पनि निकै कमजोर व्यापार गर्यो ।
अब, प्रदीप र सिमोसले नयाँ फिल्ममा सहकार्य गर्ने तयारी गरेका छन् । भदौबाट छायांकनमा जाने फिल्म ‘जन्ते बाख्रो’मा यी दुईले सहकार्य गर्न लागेका हुन् ।
मुइन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मका लागि कलाकार भने फाइनल गर्ने क्रम जारी रहेको वुझिएको छ ।
फिल्मको नामले पनि यसले कमेडी कथालाई प्रस्तुत गर्छ भनेर वुझ्न सकिन्छ । फिल्मको टिमले चलचित्र विकास बोर्डबाट पनि अनुमति लिइसकेको छ ।
प्रतिक्रिया