असारबाट ‘कमेडी दरबार’

टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ असारको १४ गतेबाट प्रशारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाँइले निर्देशन गर्ने यो शो प्राइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटलबाट प्रशारणमा आउनेछ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै शोको टिजर सार्वजनिक गरिएको थियो । सार्वजनिक टिजरमा कलाकारद्वय गौरी मल्ल र विजय बराललाई देखाइएको छ । यसपटक यो शोमा विक्की नदेखिने भएका छन् । उनले, कार्यक्रमको निर्देशन मात्र गर्ने बताए ।
यो शोमा गौरी मल्ल महारानीको भूमिकामा देखिदैछिन् । उनले, कमेडीको क्षेत्रमा नयाँ सोच भएका युवाहरूसँग काम गर्न पाउँदा खुशी लागेको र दर्शकले फरक स्वाद पाउने बताए ।
यस्तै, शोमा विजय बराल, नम्रता सापकोटा, नम्रता श्रेष्ठ, मिस पबी, हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतलाई पनि देख्न सकिनेछ ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया