नीतिको न अभिनय चल्यो न फिल्म

नायिका नीति शाहलाई पहिलो फिल्मबाटै झट्का लागेको छ । उनले अभिनय गरेको डेब्यू फिल्म ‘खजुरे ब्रो’ले इनिसियल व्यापार गतिलो गर्न सकेन । शुक्रबारदेखि रिलिजमा आएको फिल्मले दर्शकलाई हलसम्म तान्न नसक्दा नीतिको करिअरमा नै समस्या आउने देखिएको छ । 

सुरज सुनुवारको निर्देशनमा तयार भएको फिल्मले दर्शक र समीक्षकको प्रतिक्रिया पनि राम्रो पाएन । बरु, फिल्मबाट मुख्य कलाकार रेअर राई र महेश त्रिपाठीको कामको भने प्रशंसा भइरहेको छ । 

तर, डेब्यू नायिका नीति शाहको अभिनयले पनि तारिफ कमाउन सकेन । फिल्म हेर्ने अधिकांशले नीतिको अभिनयलाई निकै कमजोर भनेका छन् । 

यसको निर्माणपक्षले शनिबार केही हलहरु आफै बुक गरेर दर्शकको अकुपेन्सी देखाउने कोशिश नगरेको होइन । तर, पनि फिल्मको प्रचार प्रसार कमजोर हुँदा इनिसियल व्यापारमा घाटा लागेको छ । 

उसो त, नीतिको पाइपलाइनमा अझै ३ वटा फिल्म पनि छन् । तर, उनले आगामी फिल्मका लागि निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।