रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडलको विजेता समेत रहेका ओडले आत्मसमर्पण गरेका हुन् । उनले, बिहिबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं पुगेर आत्मसमर्पण गरेका हुन् ।
प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान समेत सुरु गरेको छ । गायक ओडकी श्रीमतीले चैत्रको २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
तर, उजुरी परेको समयमा गायक ओड जापानमा थिए । प्रहरीले अदालतबाट पक्राउ पुर्जी समेत लिएको थियो । नेपाल आएपछि उनी आफैले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
प्रतिक्रिया