पूजा र पलले जनकपुरबाट सुरु गरे ‘रावायण’को छायांकन

नायिका पूजा शर्माको निर्माण तथा सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रावायण’को छायांकन जनकपुरबाट सुरु गरिएको छ । जनकपुरको जानकी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन  सुरु गरिएको निर्माणपक्षले बताएको छ । 

फिल्मका मुख्य कलाकारहरू नायिका पूजा शर्मा, नायक पल शाह, कलाकार प्रमोद अग्रहरी, निर्देशक सुदर्शन थापा, छायांकार सौरभ लामा लगायतले क्यामेरा पूजा गरे । यो फिल्ममा प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ । 

यो फिल्ममा शिवम् अधिकारीको लेखन, समीर मियाको भीएफएक्स, श्री श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । 

फिल्मको छायांकन एक महिनासम्म काठमाडौं बाहिरका विभिन्न क्षेत्रमा हुनेछ । यो फिल्ममा नायक पल शाह दोहोरो भूमिकामा देखिदैछन् । फिल्मका लागि पलले एक्सन समेत सिकेका थिए । यो फिल्मलाई भदौको २१ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।