बेहुली बन्दा यस्तो देखिइन् एलिना

नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एलिना चौहान बेहुली बनेकी छिन् । झापाको विर्तामोडमा रहेको एक पार्टी प्यालेसमा गायिका चौहानले बाग्लुङका बिष्णु सापकोटासँग बिबाह गरेकी हुन् ।
गायिका चौहान र अष्ट्रेलियामा रहँदै आएका बाग्लुङका बिष्णुबिच केही समयदेखि प्रेम सम्बन्ध थियो । उनीहरुले, आज प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेका हुन् ।
गायिका चौहानलाई लिन बाग्लुङबाट बिष्णु मंगलबार नै झापा पुगेका थिए । आज नै एलिनालाई बाग्लुङमा भित्राउने तयारी बिष्णुको छ ।
बिहेमा परिवारका सदस्य, आफन्त र केही गायक–गायिका सहभागी छन् । केही महिना अगाडि अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा पुग्दा एलिनाको बिष्णुसँग भेट भएको थियो । यसपछि, यी दुई प्रेम सम्बन्धमा रहेका हुन् ।
तर, केही महिना अगाडि यी दुइबिच ब्रेकअप भएको खबर पनि सार्वजनिक भयो । तर, एलिनाले आफूहरुको ब्रेकअप कहिले पनि नभएको बताउँदै आएकी छिन् ।
एलिना र बिष्णुलाई बैबाहिक जीवनका लागि धेरै धेरै बधाई ।
तस्वीर सौजन्यः गोपिकृष्ण चापागाँई

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया