मेहेन्दीमा रमाइन् एलिना, आज बिहे

गायिका एलिना चौहान आज बैबाहिक जीवनमा बाँधिँदै छिन् । उनले, आज आफ्ना प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन् । 

झापाकी एलिनाको बिर्तामोडबाट बिहे हुन लागेको हो । एलिना मंगलबार हल्दी र मेहेन्दी सेरोमोनीमा रमाइन् । उनको हल्दी र मेहेन्दी सेरोमोनीमा उनका साथीहरू, आफन्त र परिवारका सदस्यहरू उपस्थित थिए । एलिना मेहेन्दी सेरोमोनीमा निकै खुशी देखिएकी छिन् । 

उनलाई मेहेन्दी सेरोमोनीमा पुगेर विष्णुले फूलको गुच्छा दिएका थिए । विष्णु एलिनासँग बिहेका लागि बाग्लुङबाट झापा पुगिसकेका छन् । 

अष्ट्रेलियामा बस्दै आएका विष्णु र एलिनाको प्रेम सम्बन्ध निकै चर्चामा रह्यो । अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा पुग्दा विष्णुसँग एलिनाको भेट भएको हो । यसपछि, यी दुई प्रेममा परेका थिए । 

एलिना नेपाली सांगीतिक क्षेत्रमा  सर्वाधिक चर्चित छिन् । उनको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ बजारमा लोकप्रिय छ ।