‘यो मन त मेरो नेपाली हो’को फस्टलुक रिलिज

नयाँ बर्ष २०८१ को अवसर पारेर फिल्म ‘यो मन त मेरो नेपाली हो’को फस्टलुक सार्वजनिक गरिएको छ । यो फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू रोशन श्रेष्ठ, आयुशा समाल, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराललाई देख्न सकिन्छ ।

यही बर्ष रिलिज हुने भनिए पनि फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । ज्ञान बहादुर प्रधानको निर्माणमा तयार भएको यो फिल्ममा नर प्रधानको निर्देशन छ । 

फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मको छायांकन झापा, इलाम, सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल लगायतका स्थानमा गरिएको छ । शिवम् अधिकारीको लेखन रहेको यो फिल्मले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएकाले यी सबै कुराहरुलाई व्यक्त गर्ने निर्माणपक्षले बताएको छ ।

यो फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, समीर मियाको भीएफएक्स छ ।