नयाँ बर्ष २०८१ः खुशी साट्दैछ नेपाली फिल्म क्षेत्र

आजबाट नयाँ बर्ष २०८१ सुरु भएको छ । विश्वभर रहेका नेपालीहरूले उल्लासपूर्ण तरिकाले यो दिनको सेलिब्रिशन गरिरहेका छन् । 

नेपाली फिल्म क्षेत्रले पनि नयाँ साललाई बेजोड तरिकाले स्वागत गरेको छ । नयाँ बर्षको स्वागत गर्दै गर्दा बक्स अफिसमा नेपाली फिल्म हाबी देखिएका छन् । दर्शकको उल्लासपूर्ण उपस्थितिले बक्स अफिस सुखमय बनिरहेको छ । 

चैत्र ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’को बम्पर व्यापार जारी छ । चौथो हप्तामा पनि फिल्मले दर्शकको उल्लासपूर्ण साथ पाइरहेको छ । आज नयाँ बर्षको दिनमा ‘महाजात्रा’का अधिकांश शोज हाउफूलका साथ चलिरहेका छन् । 

यता, चैत्रको ३० गतेबाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ले पनि दर्शकको उल्लेख्य साथ पाइरहेको छ । हिजो शुक्रबार पनि सुखद व्यापार गरेको फिल्मले आज शनिबार पनि उल्लासपूर्ण व्यापारलाई जारी राखेको छ । यो आफैंमा सुखद पक्ष हो । 

नयाँ बर्ष नेपाली फिल्मका लागि सधैं नै सुखद बन्ने गरेको छ । गतबर्ष औषत मात्र रहेको नेपाली फिल्म क्षेत्रको अवस्था यो बर्ष बेजोड बन्ने अपेक्षा गरिएको छ । फिल्मको लाइनअप हेर्दा यो बर्ष हिट फिल्मको संख्या बढ्ने देखिन्छ । 

यो बर्ष फिल्म रिलिजको संख्या पनि बढ्नेछ । गतबर्ष ५३ वटा फिल्म रिलिज भएका थिए । यो बर्ष फिल्म रिलिज र निर्माणको संख्या पनि बढ्नेछ ।

गतबर्ष दर्शकमाझ नदेखिएका स्टार, मेकरहरु यो बर्ष हलमा आउनेछन् । जसकाकारण, दर्शकको अपेक्षा पनि बढ्नेछ । 

नेपाली फिल्म क्षेत्रले नयाँ बर्षमा बक्स अफिस सफलताको खुशी साटेको छ । अर्कोतिर, ‘रेड सुटकेस’ले पाइरहेको उत्कृष्ट प्रतिक्रियाले नेपाली फिल्म क्षेत्रले फरक कथा र फरक प्रस्तुतिमा पनि बजार बनाइरहेको छ भन्ने पुष्टि हुन्छ । 

गतबर्ष ‘जारी’बाट नयाँ बर्षको सुखद सुरुवात भएको थियो । यो बर्ष ‘डिग्री माइला र महाजात्रा’बाट नेपाली फिल्म क्षेत्रले नयाँ सुरुवात गरेको छ । यो सुरुवात बर्षभरी नै सुखद बन्ने अपेक्षा गर्न सकिन्छ । नयाँ बर्षको सबैलाई धेरै धेरै शुभकामना ।