‘खजुरे ब्रो’को टिजरमा रेअरको कमेडी अवतार, नीति शाहको भूमिका के ?

फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ । सुरज सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म वैशाखको २८ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रहरूको कथालाई प्रस्तुत गरेको छ ।

फिल्मको टिजरमा मुख्य कलाकारहरू रेअर राई, महेश त्रिपाठी, नीति शाह र नविन मानन्धरलाई प्रस्तुत गरिएको छ । धरान आसपासमा डुलिहिड्ने खजुरेको कथा फिल्मले प्रस्तुत गरेको निर्माणपक्षले बताएको छ ।

नविन मानन्धर र निर्देशक सुनुवारको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माताको रुपमा छन् । डायमण्ड उप्रेती फिल्मका कार्यकारी निर्माता हुन् ।

शिशिर विसंखेको छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।