‘डिग्री माइला र द रेट सुटकेस’ रिलिज, चौथो हप्तामा ‘महाजात्रा’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/degree%2520maila%2520and%2520the%2520red%2520sutcase_mfRtk0YeUi_yfs8od3xo1fw2amk0mhwyai3f6emjkiptyvwnwgua4w4mvsodibmpn5uloch_09pktOEjJc_bqqcwpp0zg6vu6djidzu7bdynd6x7auxqvumc4yttmsmxuhddewqa1uzwepz.jpg)
नयाँ बर्षको छेको पारेर दुई नयाँ नेपाली फिल्महरू आजबाट हलमा लागेका छन् । आजबाट रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘डिग्री माइला’ र फिडेल देवकोटाको निर्देशनमा तयार भएको फिल्म ‘द रेट सुटकेस’ हलमा लागेको छ ।
देशभरका हलमा उच्च शोसहित रिलिजमा आएको फिल्म ‘डिग्री माइला’मा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले डिग्री पढेर पनि बेरोजगार रहेको एक गफाडी युवाको कथा भन्छ ।
यस्तै, विश्वका चर्चित महोत्सवहरुमा छनोट भएको फिल्म ‘द रेड सुटेकस’मा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । यो फिल्म क्यूएफएक्स चेन बाहेकका हलमा मात्र रिलिजमा आएको छ । यो फिल्मले देशको बेरोजगारी अवस्था र रातो सुटकेसमा फर्किनुपर्ने व्यथाको कथा भन्छ ।
यस्तै, आजैबाट फिल्म ‘महाजात्रा’ चौथो हप्तामा प्रवेश गरेको छ । तीन सातामा १४ करोडको ग्रस कलेक्शन गर्दै यो फिल्मले चौथो हप्तामा पाइला राखेको हो । फिल्मले चौथो हप्तामा पनि सुखद कारोबार गर्ने अपेक्षा गरिएको छ ।
प्रदीप भट्टराई निर्देशित फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।
![‘एक्टरः टेक वान’का निर्माताले दायर गरे ‘एक्टर’ विरुद्ध मुद्दा](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520nepali%2520movie_pBJbvYE7rv_2evwikwpthyu7r2d24ktfmqhb5uzpbh91lvgd83p8rtzzynaxtumtpyuevrg_UU338OuVFH_wxoxs7r14srl184r8siplvrp34h8mlh5gwfakljpfrl4egvj5ehecvvjy5k4.jpg)
‘एक्टरः टेक वान’का निर्माताले दायर गरे ‘एक्टर’ विरुद्ध मुद्दा
![‘मन विनाको धन’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/man%2520binako%2520dhan_dUheKI2X3G_eb8udnqeyku29d1gec3ccy8opkpjtzkkfvcybkusu1kjrnj5dwvbqyfnldlh_MBBVw5OZ0z_dwnioan5ow7be3d0hhszero2epipffcslphigeq0rclst4nj8rjstmulgiuq.jpg)
‘मन विनाको धन’को छायांकन सुरु
![‘कार्की साइँला’ निर्माण हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/karki%2520saila_ZwjucyLRdN_sg8z3uk1y3q0irfnqzhtyrxjad0lc8dgs85k3l6oolza5vl5hh3viglc8kac_RQZBXlMCqF_d25ekvmy8f8slkb8wqtxwry7svsblxpxlqjmcjtkr7wwxo7tvwe5m2feqhuy.jpg)
‘कार्की साइँला’ निर्माण हुने
![‘कर्मा’मा विपिनको गज्जबको लुक्स](https://snowberry.prixacdn.net/media/gallery_folder/karma%2520nepali%2520movie_407vCXfdH3_zcelwq2cfuaxu195g3fjyynsvjfkhxbro5zopljnoydknxsy4evxkcxwoxfa_UHQSXctHPO_g9errcohr9ypgpvavb2soj04slu4a3om8rbymm3i4k9lfbkpxwur6r0zaqz3.jpg)
‘कर्मा’मा विपिनको गज्जबको लुक्स
![‘भाइरल गोर्खे’मा सौगात–श्रृष्टिको रोमान्स, जेठ ३० बाट रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/viral%2520gorkhe_IkpMT4u3DS_lbhdjf3hawwxq8h2j0ecrdwzzoeluafb6egev4hw6ee6mofp21nebo8byjzm_dkbLR0oGOT_h2ktheqoijxg4fozmmoynjpamecmji7gsl89gnsajpwn2rgol4ef7nztawhg.jpg)
‘भाइरल गोर्खे’मा सौगात–श्रृष्टिको रोमान्स, जेठ ३० बाट रिलिज हुने
![प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज](https://snowberry.prixacdn.net/media/gallery_folder/daya%2520aanchal%2520and%2520anup_WQfmkoY2aC_kibahczy5qcwzqfhu00fw47vfvqhtwvulqbncgpk3s3t7ykel4kqva8kv5s8_c89AjyYfZQ_qfgcviyydkdtwrv3uueu7ib0hr3wx753mvia2apm3ikmfxzmet99xaxnfqgz.jpg)
प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज
![भ्यालेन्टाइन डेमा बुलबुल](https://snowberry.prixacdn.net/media/gallery_folder/BULBUL_UBCSz6AiJJ_jqroea40ovi7mjz2i8zo7wiknpbkbnuvrexqxk3ec7tippodhfb2zrt6x5v5_pFC6J8nnEd_t5wpeuvpeeesuofdkpocfklmnyzohitrpo0j2ohl2apojiwwlrd6muragkua.jpeg)
भ्यालेन्टाइन डेमा बुलबुल
![मेरी बास्सैमा देखिए धुर्मुस !](https://snowberry.prixacdn.net/media/gallery_folder/LAAJ%2520SARANAM%2520_3z31ZBVEln_3cm6rcnwfvorhcyqnl56xzt954pdkl5ggivmxmj6gwjob4hjqbepepckalwj_kMlSm0EHtf_ockq5ykurid3u4hbz6j1uryyzbdkf6omwfzgidiy0v9mtdr4ykmp5wlyfiok.jpg)
प्रतिक्रिया