राजेश पायलको डिभोर्स

चर्चित गायक राजेश पायल राई र उनकी श्रीमती साङबुङ राइबिच डिभोर्स भएको छ । उनीहरुले चैत्रको १५ गते काठमाडौं जिल्ला अदालतमा डिभोर्स गरेका थिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले उनीहरुको सम्बन्ध विच्छेदको फैसला सुनाएको हो । गायक राई आफैले मुद्दा दायर गरेका थिए । 

साङबुङले गायक राईसँग डिभोर्सका लागि माग गर्दै आएका वुझिएको छ । गायक राईले आफ्नो बिबाहको खबरलाई भने गोप्य राख्दै आएका थिए ।

अदालतको फैसला अनुसार, गायक राईले आम र छोरालाई ५० लाख रुपैयाँ दिने, नक्सालमा रहेको घर पत्नीलाई दिने र छोरा १८ बर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ माना चामल भराउन पनि अदालतले आदेश दिएको छ । यस्तै, छोराको सम्पूर्ण शिक्षाको खर्च पनि गायक राईले नै व्यहोर्नुपर्नेछ । 

गायक राई र साङबुङले वि.सं २०७८ सालको असोज महिनामा विवाह दर्ता गरेका थिए । तर, बिहे दर्ता गरेको २ बर्षमै उनीहरुबिच डिभोर्स भएको हो । 
गायक राईलाई बुधबार प्रहरीले मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै नियन्त्रणमा लिएको थियो । उनलाई आज बिहान आफन्तको जिम्मा लगाइएको थियो ।