धिरज मगर भन्छन्–‘समाजसेवा प्रचारबाजीमा होइन, निःस्वार्थ गर्नुपर्छ’

नायक धिरज मगरले समाजसेवा प्रचारबाजीमा गर्न नहुने बताएका छन् । आजदेखि नयाँ बाँनेश्वरमा सञ्चालनमा आएको ‘हुमन रेस्पेक्ट नेपाल’को उद्घाटन समारोहमा पुगेका नायक धिरजले मगरले आफूले नेपाल आएदेखि नै समाजसेवा गरेको बताए ।
उनले भने–‘मैले नेपाल आएदेखि नै सामाजिक काम गरिरहेको छु । तर, मिडियामा आएर मैले यो गरेँ त्यो गरेँ भन्ने कुरा समाजसेवा होइन जस्तो लाग्छ । कर्म भनेको निःस्वार्थ गर्ने हो । मनमा आएको गर्ने हो ।’
धिरजले अहिलेको समयमा सामाजिक काम देखाउन पनि पर्ने कुरा रहेको बताए । उनले भने–‘अहिलेको समयमा देखाउन पनि पर्छ होला । म त्यसलाई पोजेटिभ रुपमा नै लिन्छु । किनकी, अरुले त्यसबाट सिक्न सक्छन् । मानिसहरू प्रभावित हुन सक्छन् । तर, म आफैले भने त्यसरी काम गरेको छैन ।’
धिरजले नेपाली फिल्म क्षेत्रको नाफाको केही प्रतिशत समाजसेवामा खर्च गर्न सकिने बताए । उनले भने–मुख्य कुरा त पहिला नेपाली निर्माता बाँच्नुपर्छ । तर, फिल्ममा काम गर्ने हरेक व्यक्तिले आम्दानीको केही न केही प्रतिशत समाजसेवामा लगाउँदा त राम्रो हुन्छ नी ।’
‘हुमन रेस्पेक्ट नेपाल’को उद्घाटन समारोहमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी पुगेका थिए । यी दुई कलाकारले फिल्म खुस्मा’मा एकसाथ काम गरिरहेका छन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया