अटिजम बच्चाको कथा भन्ने ‘मीरा’को फस्टलुक रिलिज
फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्मले एक बच्चामा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको छ ।
यो फिल्मले अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रुपमा पुरुष र महिला दुबैमा आकर्षिक हुने एक महिलाको कथा भनेको छ । फिल्मको लेखक, निर्देशक तथा कलाकार अनिता पण्डितले मेरो फिल्मसँग भनिन्–‘यो फिल्मबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरुको वकालत गर्ने मेरो उद्देश्य हो ।’
यो फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल–कलाकार आश्वि घिमिरेको मुख्य भूमिका छ । आश्वि फिल्मस्ले यो फिल्मको निर्माण गरेको हो ।
प्रतिक्रिया