अनमोल भन्छन्–‘म कसैलाई पनि नराम्रो सोच्दिनँ’
नायक अनमोल केसीले शनिबार आफ्नो जन्मदिन मनाए । शनिबार बेलुकी आफ्ना साथीभाई र परिवारसँग उनले जन्मदिन सेलिब्रेशन गरे । उसो त, अनमोल जन्मदिन मनाउन खासै रुची राख्दैनन् । यसैले, उनी आफ्नो जन्मदिन सिमित घेरा भित्र नै सेलिब्रिशन गर्छन् ।
अनमोल केसीका लागि आउँदो बर्ष महत्वपूर्ण छ । किनकी, गतबर्ष फिल्म ‘छड्के २’ असफल भएपछि आलोचित बनेका अनमोललाई आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’बाट आलोचकहरुलाई जवाफ दिनुपर्नेछ ।
तर, नेपाली फिल्म बजारमा अनमोलका फिल्म कुनै नै अर्को फिल्मसँग जुधेका नै हुन्छन् । उनले सोलो रिलिजको अवसर विरलै पाएका छन् ।
प्रतिस्पर्धात्मक बजारमा आफूले भने कसैलाई पनि प्रतिस्पर्धी नठानेको अनमोल बताउँछन् । जन्मदिनको अवसराम मेरो फिल्मसँग कुरा गर्दै अनमोलले भने–‘म कसैलाई पनि प्रतिस्पर्धी ठान्दिनँ । साथै, म कसैको पनि नराम्रो सोच्दिनँ । सबैको राम्रो हुनुपर्छ भन्ने मलाई लाग्छ । तर, सधै मेरो फिल्मसँग अरु फिल्म किन रिलिज हुन्छन्, मलाई थाहा छैन ।’
नेपाली फिल्म बजार सबैले मिलेर माथि लैजानुपर्ने अनमोलको तर्क छ । यसका लागि सबैजना मिलेर काम गर्नुपर्ने उनको तर्क छ ।
अनमोल केसीले फिल्म ‘पारस, जेरीः अन टप र ए मेरो हजुर ५’मा काम गर्ने तयारी गरेका छन् । अनमोल फिल्म ‘फर्की फर्की’बाट निकै आशावादी छिन् । किनकी, यसअघि आफूले काम गरेका फिल्म भन्दा विल्कुलै फरक कथामा यो फिल्म बनेको उनको भनाई छ ।
प्रतिक्रिया