‘कमेडी दरबार’मा गौरी मल्लको प्रवेश, कस्तो बन्दैछ शो ?

‘कमेडी दरबार’ नाम नयाँ रियालिटी शोमा नायिका गौरी मल्ल भित्रिएकी छिन् । शोका निर्देशक विक्की अग्रवाल र श्रद्धा प्रसाँइले मंगलबार मल्लसँग कागजी संझौता गरेका हुन् । निर्देशक विक्कीका अनुसार शोमा मल्लको शीर्ष भूमिका रहनेछ ।
तर, उनलाई कुन भूमिकामा अनुबन्ध गरिएको भन्नेबारे विक्कीले केही पनि खुलाएका छैनन् । यो शोमा यसपछि विजय बरालसँगै हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल, विकास अर्याल अनुबन्धित भइसकेका छन् । अन्य केही कलाकारहरूलाई पनि फाइनल गर्ने चरणमा आफूहरू रहेको निर्माणपक्षले बताएको छ । यो शोका अहिले सेटमा काम भइरहेको छ ।
अहिले प्रशारण भइरहेका कमेडी शो भन्दा केही फरक प्रयासका साथ काम भइरहेको निर्देशक श्रद्धाले बताएकी छिन् । यो शोलाई पूर्ण रुपमा पारिवारिक बनाउने तयारी समेत विक्कीको छ ।
विक्की र श्रद्धाले यसअघि ‘आम्मा कसम याँ दुख्छ’ नाम शो संचालन गरेका थिए ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया