३१ दिनमा ‘मोदीबेनी’को छायांकन प्याकअप
फिल्म ‘मोदीबेनी’को छायांकन सकेर यसको टिम काठमाडौं फर्किएको छ । बुधबार पर्वत जिल्लाको फलेवासमा फिल्मको अन्तिम दृश्यको छायांकन गरिएको थियो । ३१ दिनमा फिल्मको छायांकन सकिएको निर्माणपक्षले बताएको छ ।
यो फिल्मको छायांकन दुई चरणमा गरिएको थियो । फिल्मको छायांकन काभ्रेको भकुन्डे र पर्वतको मोदी गाउँपालिकाको चित्रे, कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । यो फिल्ममा ४० बर्ष अगाडिको र अहिलेको कथालाई मिश्रण गरिएको छ । यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्छ ।
यो फिल्ममा अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, वर्षा सिवाकोटी, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ ।
यही फिल्मबाट नायिकाको रुपमा स्नेहा भट्टराईले फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन् । डिनेस्ट इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा आनन्द विक्रम क्षेत्रीको लेखन, दिलीप केसीको निर्माण, हरि श्रेष्ठको सह–निर्माण, उत्सव दाहालको डीओपी छ । यो फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।
प्रतिक्रिया