बिक्कीको ‘कमेडी दरबार’मा बिजय बराल

हाँस्य कलाकार विक्की अग्रवालले नयाँ शो दर्शकमाझ ल्याउने तयारी गरेका छन् । यो शोको नाम ‘कमेडी दरबार’ राखिएको छ । यो शोमा कलाकार विजय बराल पनि देखिदैछन् । यो शोमा उनको भूमिका के हुने भन्ने खुलेको छैन ।
यसअघि विक्कीले ‘आम्मा कसम याँ दुख्छ’ दुई श्रृङ्खला सार्वजनिक गरेका थिए । तर, यो शोलाई उनले भद्दा बनाएको भन्दै चर्को आलोचना पनि भयो । यसपटक भने पूर्ण रुपमा पारिवारिक शो तयार गर्ने तयारी उनको छ । शोमा विक्कीसँग श्रद्धा प्रसाँइको पनि निर्देशन रहनेछ ।
विक्कीले ‘कमेडी क्लब विथ च्याम्पियन’ पनि निर्देशन गरेका थिए । नेपालमा कमेडी शोको बाढी नै आइरहेको छ । तर, अहिले भने दर्शकले कमेडी शोमा मन बनाएका छैनन् । यसैले, विक्की र श्रद्धालाई ‘कमेडी दरबार’लाई दर्शक मैत्री बनाउनुपर्ने दबाब छ ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया