एउटै स्टेजमा पल र समीक्षाले जिते अवार्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/paul%2520and%2520samikhya_fFxjVHo024_5wempbd1kntyae9kdaktmm9b5tgxlmcz7x32cmk3ver5tycwmcancg1o9sl3_vqCgnwHs89_4kspeis1ujxqjw3vs4ll6axtbfvsd4wbdlnsch6qjucpmyh5lakpd7rnbyos.jpg)
नायक पल शाह र गायिका समीक्षा अधिकारीले केही बर्ष अगाडि एकसाथ धमाधम काम गरे । तर, विगत केही बर्षदेखि भने यी दुईको सम्बन्ध सुमधुर छैन । विशेषगरि, पललाई समीक्षाले जाहेरी दिएर पल जेल गएपछि उत्पन्न भएको परिस्थितिले यी दुईलाई टाढा बनाइदिएको छ ।
तर, बिहिबार काठमाडौंमा आयोजना भएको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’मा भने पल र समीक्षा पुगे । उनीहरुले उक्त समारोहमा फरक–फरक विधामा अवार्ड पनि जिते ।
समीक्षाले उत्कृष्ट लोक दोहोरी गायिका(जुरी अवार्ड) जितेकी थिइन् । यस्तै, पल शाहले पपुलर मोडलको अवार्ड जिते । यो समारोहमा पल र समीक्षा दुबैले प्रस्तुति पनि दिएका थिए ।
पलले आफ्ना हिट गीतहरू समावेश गरेर नृत्य गरे । समीक्षाले भने आफ्ना हिट गीतहरू गाएकी थिइन् । अवार्ड समारोहमा पुगेपनि यी दुइबिच बोलचाल भने नभएको वुझिएको छ ।
अब, यी दुईलाई एक अर्काको बारेमा जानकारी दिइएको थियो या थिएन, यो आयोजकले नै जान्ने कुरा भयो । तर, अवार्ड समारोहपछि सामूहिक तस्विर खिचाउने क्रममा भने समीक्षा उपस्थित थिइनन् । उनी, त्यसअघि नै हलबाट निस्किएको वुझिएको छ ।
प्रतिक्रिया