वैशाख र जेठमा फिल्म नै फिल्म

यो बर्षको अन्तिम महिना चलिरहँदा अब ‘महाजात्रा र बद्री बहादुर’ मात्र रिलिजका लागि बाँकी छन् । चैत्र ३० गते रिलिज हुन लागे पनि ‘डिग्री माइला र रेड सुटकेस’को व्यापारिक आँकडा अर्को वर्षसँग जोडिनेछ । 

यसैले, बर्षको अन्तिम महिनामा रिलिज हुन लागेका २ नेपाली फिल्मको व्यापार महत्वपूर्ण छन् । तर, यो बर्ष सकिनै लाग्दा अर्को बर्षका लागि पनि फिल्मको लाइनअप कसिलो बन्दै गएको छ । विशेषगरि, वैशाख र जेठ महिनामा फिल्म रिलिजको चाप ह्वात्तै बढेको छ । 

वैशाखको पहिलो हप्ता नै ‘डिग्री माइला र रेड सुटकेस’ नाम फिल्म रिलिज हुँदैछन् । यी दुबै फिल्म बक्स अफिसमा महत्वपूर्ण छन् । 

यसको २ सातापछि फिल्म ‘बोक्सीको घर’ रिलिज हुँदैछ भने वैशाखको २१ गते फिल्म ‘मनसरा’ रिलिज हुँदैछ । तर, फिल्म रिलिजको करिब २ महिना बाँकी रहँदा पनि यसको निर्माणपक्षले फस्टलुक पनि रिलिज गरेको छैन । 

वैशाखको २८ गते फिल्म ‘खजुरे ब्रो’ले प्रदर्शन मिति तय गरिसकेको छ । यो फिल्म रिलिज भएको २ सातापछि अर्थात् जेठको १० गते ‘फर्की फर्की र दान्भी’ रिलिज हुँदैछ । यी दुबै फिल्म बक्स अफिसका लागि महत्वपूर्ण छन् । 

जेठको १८ गते फिल्म ‘गाउँ आएको बाटो’ले प्रदर्शन मिति तय गरिसकेको छ । यो फिल्म विभिन्न फिल्म महोत्सवमा सहभागी भइसकेको छ । यस्तै, जेठको २५ गते फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय गरिएको छ । 

यसरी हेर्दा, जेठमा पनि ४ वटा फिल्म रिलिज पक्का भइसकेको छ । तर, जेठको ४ गते पनि कुनै मेकरले प्रदर्शन मिति तय गर्ने देखिएको छ ।

यसरी हेर्दा, वैशाख र जेठ फिल्मका लागि निकै महत्वपूर्ण देखिएको छ ।