बालेनले हेरे साढे २ घन्टाको ‘अगस्त्य’

फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हेरेका छन् । शनिबार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा बालेन पुगेका थिए । 

बालनसँगै फिल्मको टिमले फिल्म हेरेको हो । विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, यो फिल्मको अवधि घटाइएको छ । २ घन्टा ५० मिनेट लामो फिल्मलाई अब साढे २ घण्टाको बनाइएको छ । हलमा शनिबारदेखि साढे २ घण्टाको फिल्म प्रदर्शन भइरहेको वुझिएको छ । 

यो फिल्मलाई दर्शकले निकै मन पराएका छन् । फिल्मले पहिलो सातामा सुखद कमाई गरेको छ । दोस्रो साताको शुक्रबार र शनिबार पनि फिल्मको व्यापार उच्च छ । फिल्मको शोज खुम्चिएका कारण यसले अझै व्यापारमा उछाल ल्याउन पाएन । तर, फिल्मले दोस्रो सातामा जति शोज पाएको छ, सबै शोजमा दर्शकको अकुपेन्सी राम्रो छ । 

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतको अभिनय छ । 
यो फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।