‘रङ्गेली’ प्रिमियरका लागि काठमाडौंमा दया र मिरुना

बुधबार बेलुकी फिल्म ‘रङ्गेली’को प्रिमियर काठमाडौंको बीग मुभिजमा आयोजना भयो । फिल्मको प्रिमियरमा यसका मुख्य दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको रुपमा रहे । 

प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु भएको प्रिमियर रातको ११ बजे सकियो । फिल्म ३ घन्टा लामो हुनु र प्राविधिक कारणले ढिलो सुरु भएकाले पनि अतिथीहरुले करिब ८ घन्टा समय हलमा बिताउनु पर्यो । 

यो फिल्मको प्रिमियरका लागि मुख्य नायक–नायिका दयाहाङ राई र मिरुना मगर पुर्वी रुकुमबाट काठमाडौं आइपुगेका थिए । 

दयाले प्रिमियरमा भने–‘हामी मंगलबार राती ११ बजे रुकुमबाट हिँडेका थियौं । पोखराबाट भने प्लेनमा आयौँ । मिरुना २ दिनदेखि बिरामी छिन् । अनिदो अवस्थामा प्रिमियरमा आइपुगेका छौं ।’

नायिका मिरुना मगरले पनि फिल्म हलमा लाग्न लागेको भन्दै खुशी व्यक्त गरिन् । यो फिल्मका लागि निकै मिहिनेत गरेको उनको भनाई थियो । 

यो फिल्मको प्रचारमा दया र मिरुना हिँड्न सकेनन् । अर्को फिल्म ‘घर ज्वाँई’को छायांकनका कारण उनीहरुले यो फिल्मलाई समय दिन नपाएका हुन् । तर, उनीहरू ‘घर ज्वाँई’को छायांकन रोकेर यो  फिल्मका लागि काठमाडौं आइपुगेका हुन् । 

फिल्मको प्रिमियरमा फिल्मीकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए । फिल्म हेरेका अधिकांशले तारिफ गरेपछि निर्देशक अर्जुन सुवेदी दंग देखिए । रंगेली भन्ने ठाउँमा हुने ग्याङ स्टारको कथालाई यो फिल्मले देखाएको छ ।