मलाई ‘हिटलर’ भएर खेल्न मन छः हरिवंश आचार्य
चर्चित कलाकार हरिवंश आचार्यले आफूलाई ‘हिटलर’ भएर फिल्ममा काम गर्न मन लागेको बताएका छन् । चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महापुरुष’मा हरिवंश एक भ्रष्ट नेताको भूमिकामा छन् ।
फिल्म ‘महापुरुष’मा आदर्श पुरुषको रुपमा काम गरेका हरिवंश ‘महाजात्रा’मा भने खलपात्रको भूमिका निर्वाह गर्न तयार भएका छन् । यसो गर्दा समाजमा हरिवंशले बनाएको इमेज बिग्रने खतरा हुँदैन त, पत्रकारको यो प्रश्नमा उनले भने–‘म एउटै छापमा बस्न नै चाहन्नँ । हरी बहादुर जस्तो फटाहा भूमिका त मैले गरेँ । मलाई यो भन्दा पनि नेगेटिभ भूमिकामा काम गर्न मन छ । मलाई हिटलर भएर खेल्न मन छ ।’
हरिवंशले आफूलाई एउटै भूमिकामा काम गरिराख्न मन नलाग्ने तर्क गरे । उनले भने–‘महापुरुषमा आदर्श भयो भन्दैमा सबैमा हुनुपर्छ भन्ने छैन । मलाई महाभ्रष्टको भूमिकामा काम गर्न मन छ ।’
फिल्म ‘महाजात्रा’मा जोडिन पाउँदा आफूलाई निकै खुशी लागेको उनले बताए । भने–‘मलाई अरु फिल्म साइन गर्न डर लाग्छ । गरौं कि नगरौँ भन्ने डरले सताउँछ । तर, निर्देशक प्रदीप भट्टराईको फिल्ममा भने मलाई लिन्छन् कि लिँदैनन् होला भन्ने कुराले डर लाग्छ ।’
चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले कमेडीको माध्यमबाट समाजको गम्भीर विषयवस्तु उठान गरेको उनले बताए ।
प्रतिक्रिया