फिल्मी गीतमा भ्यूजको खडेरी

फिल्म ‘उपहार’मा समावेश ‘वाह वाह वाह’ बोलको गीतले ६२ लाख भन्दा बढी भ्यूज युट्युबमा पाएको छ । यो गीतले दर्शकको साथ पाइरहँदा यसपछि रिलिज भएका अधिकांश नेपाली फिल्मका गीतले भने दर्शकको साथ पाएका छैनन् । 

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को ‘सुस्त सुस्त’ बोलको गीत रिलिज भयो । यो गीत रिलिज भएको एक डेढ महिना बढी भयो । तर, गीतको भिडियोले साढे ६ लाख हारहारीको भ्यूज पाएको छ । यो गीतलाई दर्शकले खासै रुचाएनन् । 

फिल्म ‘उपहार’कै अन्य तीन वटा गीतले भने दर्शकको साथ पाएनन् । ‘हारेको छैन, मुटुको चार कुना’ बोलको गीतले दर्शकको खासै पाएन । यस्तै, यही फिल्मको ‘कहिले वार विर्सन्छु’ बोलको गीतले पनि सार्वजनिक भएको २ दिनमा ३ लाख माथिको भ्यूज पाएको छ । 

‘वाह वाह वाह’ बोलको गीतले दर्शकको साथ पाएकोमा ‘उपहार’ फिल्मको टिम भने मख्ख छ । 

फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’का गीतले पनि दर्शकको साथ पाएनन् । यो गीत न त युट्युबमा चल्यो न त दर्शकको मनमा नै बसेको छ । यो फिल्ममा समावेश ‘दुल्हा दुल्हन’ले २ हप्तामा १ लाख १६ हजार मात्र भ्यूज पाएको छ ।

यस्तै, यही फिल्मको ‘हातैले उघारेर’ बोलको गीत सार्वजनिक भएको एक महिना बढी भयो । यो गीतले करिब ७ लाख मात्र भ्यूज पाएको छ । दर्शकले यो गीतलाई पनि खासै रुचाएनन् । 

यस्तै, यही फिल्ममा समावेश ‘घाम तारा’ बोलको गीत शुक्रबार बेलुकी रिलिज भयो । गीतले १ दिनमा १ लाख मात्र भ्यूज पाएको छ । 

यी बाहेक ‘हात्तीछाप, रंगेली, गोर्खा वारियर, अगस्त्य ‘महाजात्रा’ लगायतका फिल्मको गीतले पनि दर्शकको साथ पाएनन् । गीतले दर्शकको साथ नपाउँदा फिल्मको व्यापारलाई पनि असर परिरहेको छ । 

गीतसंगीतको निर्माणमा मेकरदेखि संगीतकारहरुले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।