‘रङ्गेली’को नाममा सेन्सरको आपत्ती
चलचित्र जाँच पास समितिले फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को नाममा आपत्ति जनाएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मको नामका कारण पछि समस्या उत्पन्न हुने भन्दै निर्मातालाई प्रमाणपत्र दिएको छैन ।
यो विषयमा सेन्सरका एक सदस्यले मेरो फिल्मसँग भने–‘हामीले फिल्मलाई रोकेका होइनौ । भोलिका दिनमा नामका कारण समस्या पर्छ कि भनेर सम्बन्धित गाउँपालिकाको सिफारिश पत्र लिएर आउन भनेका हौं । नामको सिफारिश पत्र आएपछि सर्टिफिकेट दिन्छौं ।’
विशेषगरि, गृह मन्त्रालयका सदस्यको नाममा आपत्ति भएपछि सेन्सरको पत्र दिन आनाकानी गरिएको हो ।
सेन्सरका एक सदस्यका अनुसार, निर्माण टिमले गाउँपालिकाको सिफारिश ल्याउन सकिने बताएको छ । यसैले, सिफारिश पत्र ल्याएपछि सेन्सर प्रमाणपत्र दिने तयारी गरिएको छ ।
यसअघि केही फिल्ममा पनि नामका कारण स्थानीयहरूले आपत्ति जनाएपछि सेन्सर बोर्ड हच्किएको वुझिएको छ । फिल्मको विषयवस्तुमा भने सेन्सर बोर्डले कुनै पनि काँटछाँटको कुरा गरेको छैन ।
अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया