‘टाँक’मा यस्तो छ प्रियंकाको लुक्स
साम्तेन भुटियाको निर्देशनमा तयार भएको छोटो फिल्म ‘टाँक’को फस्टलुक सार्वजनिक भएको छ । नायिका प्रियंका कार्कीलाई फस्टलुकमा ग्रामीण भेगको महिलाको गेटअपमा देखाइएको छ ।
सामाजिक कथावस्तुलाई यो फिल्मले उठान गरेको छ । आयंका फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई धादिङमा खिचिएको हो ।
यो छोटो फिल्मको पोस्टरलाई रोयल भीमसेनले तयार पारेका हुन् । नायिका कार्की दर्शकमाझ नआएको केही बर्ष भयो । उनले फिल्म ‘लक्का जवान’मा पछिल्लो समय काम गरेकी थिइन् ।
प्रियंकाले आफ्नी छोरीको नाममा ब्यानर स्थापना गरेकी हुन् । सोही ब्यानरबाट बनेको फिल्म निर्माणमा साथ दिने सबैलाई उनले धन्यवाद दिएकी छिन् ।
प्रियंकाले फिचर फिल्म पनि बनाउने तयारी गरेकी छिन् । उनले, आफ्नै ब्यानरबाट एक्सन फिल्म बनाउने तयारी गरिरहेको र आफूले नै काम गर्ने जानकारी समेत दिएकी थिइन् । यस्तै, आफ्नै ब्यानरमा अर्को एक फिल्म पनि बन्ने उनको भनाई छ ।
प्रतिक्रिया