प्रधानमन्त्रीले ओडाए भक्तराजको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा ओडाएका छन् । नाट्य प्रतिष्ठानमा  आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । नाट्य प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री दाहालले आचार्यको शवमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् । 

भक्तराजलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पर्यटनमन्त्री सुदन किराँती पनि प्रतिष्ठान पुगेका थिए । 

साथै, नेपाली सांगीतिक क्षेत्रमा थुप्रै व्यक्तिहरू पनि उनलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए । 


नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली दिएपछि आचार्यको शवलाई पशुपति आर्यघाट लगिएको छ । उनको आजै दाहसंस्कार गरिनेछ । 

नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक तथा संगीतकार आचार्यको सोमबार निधन भएको हो । शरीरमा अक्सिजनको तह कम भएपछि अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको थियो ।