निशाको स्पष्टिकरण–‘हाम्रो भागको सम्पत्ती सबै छोराको नाममा राख्ने प्रक्रिया अगाडि बढेको छ’
नायिका निशा अधिकारीले सामाजिक संजालमा केही बुँदाहरू लेख्दै आफ्नो छोराको बाबु र आफूले एक अर्काबाट एक पैसा पनि नलिने र आफूहरूको भागको सबै पैसा छोराको नाममा राख्ने निर्णय गरेको बताएकी छिन् । उनले, यो मुद्दाको खबर बाहिर आएपछि विभिन्न टीका टिप्पणी र गाली पनि खाँदै आएको भन्दै आफ्नो भनाई राखेकी हुन् ।
उनले लेखेकी छिन्–‘कानुनमा आम र बाबु दुवैको सबै कुरा भाग लाग्ने व्यवस्था छ । मैले कानुनी उपचार किन लिनु पर्यो भन्ने कुरा व्यक्तिगत हो । हामी दुवैको एक अर्काको धन सम्पत्तिमा नजर नरहेको पनि स्पष्ट पार्न चाहन्छु । छोरा र छोरीलाई बराबर अंश दिने प्रावधान छ । तसर्थ, कोबाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत हो ।’
उनले, आफू मर्नु अगाडि आफ्नो एक मात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा आफूले गर्व महशुश गरेको पनि उल्लेख गरेकी छिन् । साथै, उनले कानुनको शंसोधन भएर धेरै कुराहरू अगाडि आएकाले यसलाई सामान्य रुपमा लिन आवश्यक रहेको पनि लेखेकी छिन् ।
उनले अगाडि लेखेकी छिन्–‘सामाजमा हानी नहुने गरी, आफ्नो सन्तानलाई राम्रो वातावरणमा हुर्काउन पाउनु सबै अभिभावकको कर्तव्य हो । यस विषयमा धेरै कुराहरू गर्न सकिन्छ । अरूको जुत्ता नलगाएसम्म त्यो जुत्ताले दिने पीडाको हेक्का हुँदैन । यसैले, कृपया आफ्ना बालबालिका र नाति नातीनाको भविष्यका लागि के के गर्नुपर्छ, निर्धक्क भएर गरौं र गर्न दिउ । अझ पनि कानुनमा संशोधन गर्न पर्ने कुराहरू धेरै छन् । निशाले आफ्नो २ बर्ष निकै नै गाह्रो भएको भन्दै अब त्यो समाप्त भएकोमा खुशी पनि व्यक्त गरेकी छिन् ।
नायिका निशा अधिकारीले वि.सं २०७४ सालमा क्रिकेटर शरद भेषावकरसँग बिहे गरेकी थिइन् । तर, बिहेको २ बर्षपछि नै उनीहरुको सम्बन्धमा मनमुटाव सुरु भएको थियो । यसपछि, निशाले अंशवण्डाको मुद्दा जिल्ला अदालतमा दायर गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले मंसिरको २८ गते यो मुद्दामा फैसला गर्दा शरदको सम्पत्ति तीन भागमा अंशवण्डा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया