वैवाहिक जीवनमा बाँधिदै नन्दिता

नायिका नन्दिता केसी वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले, फागुनको १९ गते बिहे गर्न लागेकी हुन् । सामाजिक संजालमा उनले एक तस्विर पोष्ट गर्दै लेखेकी छिन्–‘जीवनको नयाँ यात्राको सुरुवात । मैले, हुन्छ भने...।’

नन्दिता केसीले डाक्टर अरविन्द्र कटवालसँग बिहे गर्न लागेकी हुन् । कार्डियोलोजिस्ट कटवालसँग उनको केही महिना अगाडि मात्र भेट भएको वुझिएको छ । उनीहरुको मागी बिबाह हुन लागेको हो । 

अरविन्द्र अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएका छन् । नायिका केसी पनि केही बर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् । 

बिहेको प्रश्नमा सधैं योग्य मानिस नभेटिएको जवाफ दिने नन्दिता अब भने नयाँ जीवनको यात्रा सुरु गर्ने तयारीमा छिन् । 

कामको कुरा गर्नुपर्दा नन्दिताले ‘इन्द्रेणी, कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जङ्गबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् । 

नन्दिता गायक बाबु बोगटीको ‘सान्नानी तिमीलाई’ बोलको गीतमा अभिनय गरेपछि पनि निकै चर्चामा आएकी थिइन् ।