नवलपरासीबाट सुरु भयो ‘पिताम्बर’को छायांकन

मल्टिस्टारर फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । आजबाट नवलपरासीमा यो फिल्मको छायांकन सुरु भएको हो । पहिलो सेड्यूलमा फिल्मको छायांकन नवलपरासी र भारतमा हुनेछ । यसपछि, केही महिनाको ब्रेक लिएर निर्माणपक्षले दोस्रो सेड्यूलको छायांकन गर्नेछ । 

पहिलो सेड्यूलको छायांकनमा फिल्मका मुख्य नायक प्रदीप खड्का हुने छैनन् । उनको सबै दृश्यको छायांकन दोस्रो सेड्यूलमा मात्र हुनेछ । 

कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, प्रदीप भारद्वाजको कथा छ । 

केपी फिल्मस्को प्रस्तुतिमा पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहनेछ । 

यसपटक आफूलाई असफल हुने छुट नभएको भन्दै  निर्देशक चौलागाईं गम्भीर देखिएकी छिन् । फिल्म ‘पिताम्बर’लाई एक्सन केन्द्रित बनाउने तयारी चौलागाईंको छ । फिल्ममा विशाल चौलागाईंको लगानी रहनेछ ।