उच्च अपेक्षाका साथ ‘गोर्खा वारियर’ हलमा

नेपाली फिल्म क्षेत्रमा नयाँ विषयवस्तु बोकेको फिल्म ‘गोर्खा वारियर’ आजबाट रिलिजमा आएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मले सन् १९४९ मा मलाया जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथा भन्छ ।, 

१ घन्टा ५० मिनेट लामो यो फिल्मको मुख्य भूमिकामा रितेश चाम्स छन् । उनको साथमा फिल्ममा विजय लामा, रेअर राई, रेबिका गुरुङ लगायतका कलाकारको अभिनय छ । 

फिल्मको मेकिङ उच्च छ । मिलन चाम्सले नेपाली फिल्ममा नयाँ प्रयोग गरेका छन् । मलेसियाको जंगलमा नेपाली गोर्खाली सेनाहरूले वीरताको साथमा लडेको कथालाई मिलनले देखाएका छन् । 

द्धन्द्ध निर्देशक हिमाल केसी र छायांकार सुदिप बरालको मिहिनेतको पनि प्रशंसा गर्न सकिन्छ । हिमालले नयाँ शैलीको एक्सन कोरियोग्राफी गरेका छन् । 

महँगो बजेटमा बनेको यो फिल्मलाई लिएर निर्माताहरुको व्यापारिक अपेक्षा पनि उच्च छ । गोर्खालीहरुको इतिहासको कथा र उनीहरुको बहादुरीताको दृश्य हेर्नका लागि पनि यो फिल्म हलमा गएर हेर्न आवश्यक रहेको प्रतिक्रिया नेतादेखि फिल्मीकर्मीहरुले दिइसकेका छन् । 

सोलो रिलिजको अवसर पाएको यो फिल्मको व्यापार नेपाली फिल्म क्षेत्रका लागि पर्खाइमा छ ।