लोक सांस्कृतिक मेला दाङ, पोखरा र ललितपुरमा आयोजना हुने

एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘१२ औं राष्ट्रिय लोक सांकृतिक मेला २०८०’को आयोजना गर्न लागेको जानकारी दिएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारा सहित यो मेलाको आयोजना गर्न लागिएको हो ।
फागुनको १८ गतेदेखि २७ गतेसम्म दाङ, पोखरा र ललितपुरमा यो मेलाको आयोजना हुनेछ । यो ग्रुपका अध्यक्ष आरसी कोइरालाले पत्रकार सम्मेलनमा भने–‘ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा आवद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले ऐतिहासिक धरोहरहरुको संरक्षण र प्रवर्द्धनमा फाइदा पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’
यो मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, नेपाल, साउथ अफ्रिका, मलेसिया, पोल्याण्ड लगायतका देशका विभिन्न सांकृतिक समूहका ३५० भन्दा बढी कलाकारहरूले भाग लिनेछन् ।
वि.सं २०५८ सालदेखि प्रत्येक २ बर्षको अन्तरमा यो मेलाको आयोजना हुँदै आएको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया