दया र आँचलको ‘डिग्री माइला’को रमाइलो टिजर

बाँसुरी फिल्मस्को निर्माणमा तयार भएको फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को टिजर आज सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार दयाहाङ राईलाई स्थान दिइएको छ । फिल्मको शीर्षक पुष्टि गर्न टिजर केन्द्रित छ ।
तर, टिजरमा समावेश संवादहरू रमाइला छन् । नयाँ बर्षको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । निर्माणपक्षले टिजरमा गीत आउँदो शुक्रबार रिलिज हुन लागेको जानकारी समेत दिएको छ ।
यो फिल्मको टिजरमा दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारलाई स्थान दिइएको छ ।
३ मिनेट लामो टिजरमा दयाले सन् २०१९ को अंग्रेजी साहित्यको व्याच टपरका रुपमा दाबी गरेको देखाइएको छ । यो फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको छ ।
निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठ र राइली एस सिनले खिचेका हुन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया