‘गोर्खा वारियर’ले पायो धरान प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

फागुनको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’को प्रिमियर धरानमा गरिएको छ । धरानको बराहा भवनमा अवस्थित फ्रेन्ड्स सिनेमाज् हलमा फिल्मको भव्य प्रिमियर भएको हो ।
निर्देशक मिलन चाम्स र उनको टिमले भव्य रुपमा प्रिमियर गर्दै गर्दा प्रतिक्रिया पनि उत्कृष्ट पाएको छ ।
शनिबार बेलुकी आयोजित प्रिमियर कार्यक्रममा कोशी प्रदेशका केदार कार्कीको प्रमुख अतिथिको रुपमा उपस्थित थिए । यस्तै, धरानका मेयर हर्क साम्पाङ विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए । प्रिमियर अगाडि फिल्मको टिमले धरानमा र्याली आयोजना गरेको थियो । बाजा बजाएर अतिथीहरुले स्वागत गरिएको थियो ।
फिल्मको प्रिमियरमा विभिन्न राजनीतिक दलका नेतादेखि फिल्मका मुख्य कलाकारहरू विजय लामा, रितेश चाम्स, रेबिका गुरुङ, विजय लामाको साथमा निर्माता सुमन राई, सह–निर्माता ज्योती राज राई उपस्थित थिए ।
फिल्म हेरेपछि मुख्य मन्त्री कार्कीले निर्देशक मिलन चाम्सले गोर्खा सैनिकको जीवन संघर्षको कथालाई उठान गरेको बताए । यस्तै, मेयर साम्पाङले आफूले हेरेका फिल्ममध्ये ‘गोर्खा वारियर’ सबैभन्दा उत्कृष्ट बनेको बताए । उनले, फिल्म हेर्दा आफूले आँसु रोक्न नसकेको बताए ।
यो फिल्मले सन् १९४९ मा मलायाको जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले देखाएको वीरताको कथालाई उठान गरेको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया