दया र मिरुनाको ‘घरज्वाइँ’को छायांकन सुरु

नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को शुभ साइतसँगै छायांकन सुरु भएको छ । यो फिल्मको छायांकन पूर्वी रुकुमको लुगममा शुभ साइत गर्दै छायांकन प्रारम्भ गरिएको हो । 

यो फिल्मलाई जनक घर्तीले निर्माण गर्दैछन् । फिल्मको निर्देशन जनक बुढा मगरले गरिरहेका छन् । यो फिल्ममा दया र मिरुनाको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा, कविता आले लगायतका कलाकारको अभिनय छ । 

जीएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निर्देशक मगरको कथा, सुवास कोइराला र विनोद खतिवडाको पटकथा तथा संवाद छ । 
सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । 

असारको २८ गतेबाट रिलिज हुने फिल्मले मगर संकृतीको कथालाई प्रस्तुत गर्नेछ । दया र मिरुनाले हालै मात्र फिल्म ‘मनसरा’को छायांकन सकाएका थिए ।