फागुनका ४ फिल्म जसले फिल्म क्षेत्रलाई एक्सन लयमा लैजान सक्छन्

फागुनमा रिलिज हुन लागेका ६ फिल्म मध्ये ४ फिल्म एक्सन कथामा केन्द्रित छन् । यी फिल्मले नेपाली फिल्म क्षेत्रलाई एक्सन लयमा लैजान सक्छन् । 
फागुनको ११ गते फिल्म ‘गोर्खा वारियर’ रिलिज हुँदैछ । यो फिल्मले मलायको जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथा प्रस्तुत गर्दछ । फिल्मले नेपालको इतिहास भन्ने दाबी निर्देशक तथा निर्माता मिलन चाम्सको छ । 

यो फिल्म रिलिज भएको एक सातापछि ‘अगस्त्य च्याप्टर १’ रिलिज हुँदैछ । फिल्मको टिजर र ट्रेलर नयाँ हाइप कायम गरिसकेको छ । फिल्मको ट्रेलरमा पनि एक्सनलाई नै बढी केन्द्रमा राखिएको छ । यो फिल्मले कथा भन्ने शैलीलाई नै परिवर्तन गर्ने आशा गरिएको छ । 

यसको एक सातापछि रिलिजमा आउन लागेका ‘रंगेली र काँडेतार’ पनि एक्सनमै केन्द्रित छन् । ‘काँडेतार’को ट्रेलरमा एक्सन पाटोलाई बढी रुचाइएको छ । श्री श्रेष्ठले एक्सनमा विशेष मिहिनेत गरेको देखिन्छ । नवल खड्का निर्देशित यो फिल्मले राष्ट्रियताको कथालाई उठान गरेको छ । 

यही  मितिमा रिलिज हुन लागेको अर्को फिल्म ‘रंगेली’ पनि ग्याङस्टारको कथामा केन्द्रित छ । फिल्ममा दयाहाङ राई र अर्पण थापाको एक्सन छ । 

यसरीहेर्दा, नेपाली फिल्मका लागि फागुन महिना चुनौतीपूर्ण छ । तर, यो चुनौतीलाई फिल्म क्षेत्रले पार गर्न सकेको खण्डमा नेपाली फिल्मको कथा नयाँ धारमा दौडनेछ ।