ललितपुरमा पारसले गरे ‘एक्सपर्ट एजुकेशन’को २१ औं शाखाको उद्घाटन
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एक्सपर्ट एजुकेसन भिसा सर्भिसको २१ औं शाखाको उद्घाटन गरेका छन् । ललितपुरको कुमारी पार्टीमा संचालनमा आएको २१ औं शाखाको उद्घाटन गर्दै खड्काले एक्सपर्टको काम नाम जस्तै रहेको बताए । साथै, विदेश जान चाहनेहरूलाई यो सर्भिसले राम्रो सल्लाह दिँदै आएको र आगामी दिनमा पनि दिने विश्वास गरे । खड्का एक्सपर्ट एजुकेसनको ब्रान्ड एम्बेस्डर समेत हुन् ।
यो शाखाको पूर्व क्रिकेटर पारस खड्काको साथमा इ क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराईले रिबन काटेर उद्घाटन गरेका थिए ।
एक्सपर्टको नेपालभर २१ औं ब्रान्च संचालनमा छन् । उपत्यकामा भने कुमारी पाटीमा सहित तीन वटा शाखा संचालनमा छन् ।
एक्सपर्ट विदेश जानका लागि सबैभन्दा उत्तम विकल्प भएको उपस्थित अतिथीहरुले बताएका थिए । बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विश्वका अधिकांश देशमा एक्सपर्टले विद्यार्थीहरू पठाउँदै आएको छ । एक्सपर्टको विश्वका २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरू संचालनमा छन् ।
उद्घाटन समारोहमा बोल्दै एक्सपर्टका नेपाल प्रमुख खेम संग्रौलाले भने–‘हामीले सन् २००३ मा ४–५ जनाको सानो समूह मिलेर यो कम्पनी खोलेका थियौं । अहिले यो कम्पनीमा ५ सय भन्दा बढी जोडिनुभएको छ । हामीले इमान्दारिता, निरन्तरता र मनमा धर्मलाई मुख्य ध्येय बनाएर काम गर्यौ । जसकाकारण, आजका दिनमा आम विद्यार्थी र अभिभावकको साथ हामीले पाएका छौं ।’
यस्तै, कार्यक्रममा बोल्दै इ क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले देशभर २१ वटा शाखा विस्तार हुनु र आम विद्यार्थी र अभिभावकको विश्वास जित्नु सामान्य कुरा नभएको भन्दै यसका एक्सपर्ट सफल भएको बताए ।
कार्यक्रममा बोल्दै आइरिनका अध्यक्ष हेमन्त भट्टराईले नाम अनुसारको काम एक्सपर्टले गर्न सकेको भन्दै बधाई दिएका थिए ।
प्रतिक्रिया