‘पुजार सार्की’को सेटमा ‘ऐरी’का लागि ज्यान बनाउँदै प्रदीप

नायक प्रदीप खड्का फिल्म ‘पुजार सार्की’को छायांकनमा व्यस्त छन् । यो फिल्ममा उनको लुक्स कस्तो हुनेछ भन्ने जानकारी उनका दर्शकले पाइसकेका छन् । प्रदीपले यो फिल्मपछि ‘ऐरी’ नामक फिल्ममा काम गर्दैछन् । जीवन थापाले निर्देशन गर्ने यो फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गरिनेछ । 

फिल्म ‘ऐरी’मा प्रदीप शिकारीको भूमिकामा देखिदैछन् । यसका लागि उनले सुगठित शरीर पनि बनाउनुपर्नेछ । 

फिल्म ‘पुजार सार्की’को सेटमा प्रदीपले ‘ऐरी’का  लागि पनि ज्यान बनाइरहेका छन् । सामाजिक संजालमा पोष्ट गरेको तस्विरमा प्रदीपले ज्यान बनाइरहेको देख्न सकिन्छ । 

यो फिल्मले बाघको शिकारीको कथा भन्नेछ । नेपाल र भारतमा फिल्मको छायांकन हुनेछ । प्रदीपले नै अभिनय गर्ने अर्को फिल्म ‘पिताम्बर’को पनि आज पूजा गर्दै छायांकन प्रारम्भ गरिँदैछ ।

यो फिल्मको पहिलो सेड्यूलमा प्रदीप जोडिने छैनन् । प्रदीपले फिल्म ‘एक्टर र रावायण’ पनि साइन गरिसकेका छन् ।