दुर्गेशको आक्रोश–‘पलले मेरो बदनाम गरेँ, भेट्न मान्दैनन्’

नायक पल शाहप्रति गायक दुर्गेश थापाले आक्रोश व्यक्त गरेका छन् । स्याङजाको वालिङमा आयोजना भएको महोत्सवमा जुत्ता प्रहार भएपछि आक्रोशित भएका दुर्गेशले यसको दोष पल शाहप्रति लगाएका छन् । मेरो फिल्मसँग कुरा गर्दै उनले भने–‘पलले भेटौँ भन्दा भेट्दैनन् । पलकै कारण मैले जुत्ता खाएको हुँ ।’

उनले, आफूसँग पल भागेर हिँडेको पनि आरोप लगाएका छन् । उनले भने–‘जेलबाट निस्केपछि मैले उनीसँग भेट्न धेरै कोशिश गरेँ । तर, मसँग उनी भागेर हिँडिरहेका छन् । उनी जेलमा रहँदा पनि मैले धेरै सहयोग गरेको थिएँ । तर, जेलबाट बाहिर निस्किएपछि उनले मलाई लगाएको आरोपबारे सार्वजनिक रुपमा स्पष्टीकरण दिनुपर्ने होइन ? उनी, मलाई भेट्न पनि चाहँदैनन् ।’

पलले प्रहरीसँग आत्मसमर्पण गर्नु अगाडि चार जनाको नाम लिँदै आफूलाई उनीहरूले फसाएको आरोप लगाएका थिए । जसमा दुर्गेश थापाको पनि नाम थियो । यसपछि, दुर्गेशले सामाजिक संजालमा तथानाम गाली खाइरहेका छन् । दुर्गेशले भने–‘स्टेज कार्यक्रममा जाँदा पनि मेरो सेड्यूल छ कि छैन हेरेर मात्र  पल जाने गरेका छन् । आयोजकलाई दुर्गेश र आफ्नो प्रस्तुति केही दिनको फरकमा मात्र राखिदिन भन्ने गरेका रहेछन् ।’

उनले, पलको घटनामा आफ्नो कुनै पनि दोष नरहेको भन्दै यो विषयमा पलले सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्ने बताए । 

पललाई आफूले भाइको जस्तो व्यवहार गरेको भन्दै गायक थापाले भने–‘मैले लगाएको सबै गुण उनले बिर्सिए । मसँग त प्रमाण कति छन् कति । समय आएपछि बोल्छु ।