रानी र प्रतापको ‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश

गायिका रानी शाक्यले अमेरिकामा रहेर निरन्तर गीतसङ्गीतलाई अगाडि बढाइरहेकी छिन् । उनले समय अनुसारका गीतहरू पनि सार्वजनिक गर्दै आएकी छिन् । उनले, प्रेम दिवसको अवसरमा गायक प्रताप दाससँग मिलेर ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक गरेकी छिन् । 

यो गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । भिडियोमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । 

सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । भिडियोमा कोरियोग्राफी तथा निर्देशन सन्दिप भुजेलको छ । 

सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरूले मन पराउने विश्वास गरिएको छ ।