बिष्णुसँगको भिडियो भाइरल भएपछि मिस पबीको स्पष्टिकरण

मोडल मिस पबीको एउटा भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अष्ट्रेलीयामा रहँदै आएका विष्णु सापकोटासँग मिस पबीले खिचेको एउटा भिडियो अहिले भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि मिस पबी र विष्णुको प्रेम रहेको चर्चा समेत सामाजिक संजालमा भइरहेको छ । 

गायिका एलिना चौहानसँग प्रेममा रहेपछि विष्णुको चर्चा बढेको हो । एलिना र विष्णुको ब्रेकअप भइसकेको छ । ब्रेकअपको खबर बाहिरिएपछि पनि विष्णु आम मानिसहरुमाझ चिनिएका हुन् । अहिले मिस पबीसँग उनको भिडियो आएपछि मानिसहरूले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । 
सामाजिक संजालमा टीकाटिप्पणी भएपछि मिस पबीले स्पष्टीकरण दिएकी छिन् ।

उनले लेखेकी छिन्–‘म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि अष्ट्रेलीयामा छु । यसकै सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको हो । उनीहरूको एउटा व्यापारको प्रमोसनको भिडियो बनाउनका लागि मलाई बोलाइएको थियो । तर, अहिले सोही सिलसिलामा खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरुले झूट र भ्रामक समाचार प्रकाशन र प्रशारण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

पबीले सत्य तथ्य बुझेर मात्र समाचार प्रशारण गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।