गीतसंगीतमा सिक्वेलको बाढी, तर सबै हिट हुन्छन् भन्ने छैन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/deepa%2520and%2520kiran%2520kc_w1KBezbvDd_bma8ijylr1oebwavtcwe7thuowevudol5ie2m87ynydq31vkfikvushcrtxc_PZRpR1Qdjn_o7itlf9vvlriynaevnmh1itmy067kaguhz5lvplt7s4lrtvenyrkgqw627uf.jpg)
फिल्म ‘अन्दाज’मा समावेश ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ आजको दिनमा पनि उत्तिकै चर्चामा छ । गीतकार शंकर अधिकारी ‘घायल’ आज पनि आफ्नो परिचय यही गीतमार्फत दिन्छन् ।
उनै, अधिकारीलाई यो गीतको सिक्वेल निकाल्ने लोभ लाग्यो । उनले, राजन श्रेष्ठ र नित्याशिवाको स्वरमा ‘सिम्पल सिम्पल कान्छी २’ बोलको गीत लेखे । आफ्ना नजिकका संगीतकार बाबुल गिरीलाई उनले संगीत भर्न दिए । तर, यो गीतको अडियो निकै कमजोर छ । जसकाकारण, गीत सार्वजनिक भएपछि कुनै चर्चा बजारमा छैन ।
गीतको भ्यूज ३ दिनमा साढे ४ लाख छ । भ्यूज पनि कमजोर रहेको यो गीतको अडियोले दर्शकको मन छुँदैन । गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियो राम्रो बनाएका छन् । दीपाश्री निरौला र किरण केसीलाई उनले नचाएर नयाँ कन्सेप्ट दिएका छन् । तर, अडियो कमजोर भएपछि भिडियोले मात्र दर्शकको ध्यान खिच्न सक्दैन ।
यस्तै, ४ दिन अगाडि ‘यही त हो माया’ बोलको गीत सार्वजनिक भयो । गायक हिमाल सागर र गायिका अनु चौधरीले आफूहरूको हिट गीत ‘ए हो र माया’को सिक्वेलको रुपमा यो गीत सार्वजनिक गरेका हुन् । तर, यो गीतलाई भने भ्यूजको खडेरी नै लागेको छ ।
४ दिनमा २ लाख ७ हजार भ्यूज मात्र पाएको गीतको चर्चा खासै छैन । भिडियोमा मोडल गरिमा शर्मा र विमल अधिकारीले अभिनय गरेका छन् । तर, यी दुइको नृत्यले भने गीतप्रति दर्शकलाई आकर्षण गर्न सकेको छैन ।
अहिले गीतसङ्गीतमा पनि भ्यूजको खडेरी छ । दर्शकलाई गीतसङ्गीतमा केही फरक स्वाद भएन भने रुची नै नहुने देखिएको छ । गीतसङ्गीतका सर्जकहरु भने सिक्वेलको लोभमा मिहिनेत नै नगरी गीतसंगीत बजारमा ल्याइरहेका छन् । जसलाई दर्शकले वेवास्ता गरेको देखिन्छ ।
यी दुई गीत बाहेक अन्य थुप्रै गीतसंगीत पनि सिक्वेलको लोभमा बजारमा ल्याउने गरिएको छ । तर, पहिलो सिरिज चल्दैमा दोस्रो सिरिज नामले मात्र चल्छ भन्ने हुँदैन । यसका लागि केही फरक स्वाद समावेश गर्न आवश्यक छ । जुन कुरामा गीतसंगीत बनाउनेहरूले मिहिनेत नगरेको देखिन्छ ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_GdpR7R43qU_ovuu7pfkx08acbdpwiqdp572vwy4f5mfq21jxnpinpzzqgyivmkqsjtujhji.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_0touEOXCIb_zb0hfwmgzranbeltffs1t549cvgdpa8bl1p2u2fd8umdpdiv5yvrqgfbynbn.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_avaB2nm1F6_nkgpgfkw34grwyygicxxczxlvcwkikfftv2bvesjcqwamoacu4sk4vtlrvm1.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_sDLaJTFaWo_0oxpm75oh1piauzck1pkqxxuvctxjigdlfw5u6qfdjrokgj297jrcsqjmqrd.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_5v9o2z7JGf_exwmw9v5egl6imbjz78oewib45bs674pvunah2vozcsfok52c1h7dwjjcik6.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_kPTRbj8LXs_xdp9qb1xizevertoctae6wybjieooxr8qtxrj36h8p5cfn3qbfbxkbrww8m1.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_Zmool5D3Pg_79ulb9cjqmpxnvebppcstb8rkwtuys0xxlvwmlrmatfphoy6n7diajrdorid.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_LSvKtsyMDD_yz20dgtjzwgr7i2o77sotbxtswbhs4yauqxowkmyq1j5hvdbbpjdovoe10i6.jpg)
प्रतिक्रिया